+
Search

ताजा अपडेट +

पपुलर +

श्रीकृष्णको २६औँ साधारणसभा सम्पन्न

श्रीकृष्णको २६औँ साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन विदुर नगरपालिका–४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेलले गरेका थिए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

साधारणसभाले अध्यक्ष बच्चुमाया सुनारीमगर, कोषाध्यक्ष गजेन्द्र खड्का र लेखा समिति संयोजक राजेन्द्र तिवारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र लेखा समिति प्रतिवेदन पारित गरेको छ । ०५५ सालमा स्थापना भएको सहकारीमा हाल एक हजार चार सय ७२ जना सेयर सदस्य रहेको र दुई करोड ५९ लाख ९६ हजार सेयर पँुजी रहेको अध्यक्ष सुनारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा ११ करोड ३८ लाख रुपैयाँ बचत सङ्कलन र नौ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले गत आ.व.मा एक करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको र १८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सहकारीले साधारणसभाको अवसरमा विभिन्न शीर्षकमा आफ्ना सदस्यलाई सम्मानसमेत गरेको छ । सम्मानित हुने सदस्यमा मधुसुदन घिमिरे, अम्बिका नेपाल, तेजमाया अधिकारी, हरिप्रसाद अधिकारी, सीता तामाङ, नूरप्रसाद रिमाल, पार्वती रिजाल रहेका छन् । साधारणसभाको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष ढुङ्गेल, क्रियटिभ सहकारीका सञ्चालक नरेन्द्र प्रधान, सहकारीका सल्लाहकार रामहरि रिमाल, पूर्वअध्यक्ष विष्णुप्रसाद नेपाल, हरिप्रसाद घिमिरे, नवराज अधिकारी, मधुसुदन घिमिरे, केशवप्रसाद रिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह