+
Search

ताजा अपडेट +

पपुलर +

लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना तथा उत्प्रेरणा कार्यक्रम

लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना तथा उत्प्रेरणा कार्यक्रम
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

स्याफ्रुबेँसी, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुबेँसीमा कात्तिक २० गते लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

राष्ट्रिय महिला आयोग काठमाडौंको आयोजनामा भएको उक्त कार्यक्रममा आयोगकी प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले लैङ्गिक हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको भूमिकाबारे आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रसुवाले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका ध्रुवप्रसाद लामिछाने र पालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले गाउँपालिकाभित्र कस्तो–कस्तो खालको हिंसा भइरहेको छ भन्ने विषयमा जानकारी गराउँदै हिंसा न्यूनीकरणको निम्ति पालिकाले गर्ने प्रयास र आगामी दिनमा गर्नुपर्ने कार्यको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा महिला आयोगकी सदस्य सावित्रा शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, वडाध्यक्ष, वडासदस्य, महिला अधिकारकर्मी, स्थानीय आमा समूह, नेपाल प्रहरी, सञ्चारकर्मी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका ध्रुव लामिछानेलगायत सरोकारवाला, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह