तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ मंसिर २०८०, बिहीबार ११:३९
Buddha Eyes

व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै ! विस्तृत शान्ति सम्झौताको १८ वर्ष पनि दलहरूले ख्याल-ख्याल गर्दा सङ्क्रमणकालीन न्याय बेवारिस हुँदा जनतामा निराशै-निराशा ! जनताको निराशालाई गोल हान्न गणतन्त्रइतर पक्षको सल्बलाहटले गणतन्त्रका ठेकेदारको हल्लीचल्ली ! नुवाकोटको तारकेश्वर पालिकाले भने शिक्षा क्षेत्रमा दूरगामी प्रभाव पार्ने क्रान्तिकारी निर्णय कार्यान्वयन गर्दा उपाध्यक्ष र वडाध्यक्षको परिवारलाई सास्ती ! सुरुमा शिक्षक सरुवा गर्न क्रान्तिकारी प्रस्ताव गर्ने वडाध्यक्ष र उपाध्यक्षलाई परिवारले डाडु, पन्यूले स्वागत गर्दा अदालत पुग्नुप¥यो । अदालतले सरुवा सदर गर्दा कार्यपालिका बोर्डमा अल्पमत र बहुमतको खेल !