+
Search

ताजा अपडेट +

पपुलर +

अर्किड एकेडेमीले मनायो २०औँ वार्षिकोत्सव

अर्किड एकेडेमीले मनायो २०औँ वार्षिकोत्सव
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका–४ बट्टारको पुरानोबजारमा रहेको अर्किड एकेडेमीले २०औँ वार्षिकोत्सव गत कात्तिक २३ र २४ गते विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो । एकेडेमीले सो अवसरमा ०७९ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट ३.९ जिपिए प्राप्त गर्ने निश्चल डङ्गोल र स्मृति रिमाललगायत उत्तीर्ण हुने ७३ जना विद्यार्थीलाई सम्मान गर्नुका साथै १० वर्षभन्दा बढी सेवा अवधि पूरा गर्ने नौजना शिक्षक तथा चारजना कर्मचारीलाई पनि सम्मान गरिएको थियो । विद्यार्थी तथा शिक्षकले दुवै दिनको कार्यक्रममा गीत, सङ्गीत र नृत्यद्वारा दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयको प्रगति विवरण पेस गर्दै विद्यालयका प्रिन्सिपल रामहरि रिमालले विद्यालयले शैक्षिक क्षेत्रमा समयसापेक्ष शिक्षा प्रदान गर्न उल्लेख्य भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे । गत वर्षको एसईई परीक्षामा दुईजना विद्यार्थी सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको तथ्य उनले उजागर गरे । उनले अभिभावकलाई निजी विद्यालयका विरुद्ध आइरहेको अफवाहको पछि नलागी वास्तविकता बुझिदिन अनुरोधसमेत गरे । विद्यालयले सधैँ उत्कृष्ट नतिजा प्राप्त गरिरहेकाले निश्चिन्त भएर आफ्ना बालबालिकालाई अर्किड एकेडेमीमा नै भर्ना गराउन पनि उनले आग्रह गरेका छन् । एकेडेमीले गत आवको तीन करोड ६ लाख रुपैयाँको आम्दानी–खर्चको विवरण पनि सार्वजनिक गरेको थियो ।

Suzuki New Bike & Scooter

पहिलो दिनको कार्यक्रमको प्रमुख आतिथ्यता प्याब्सन केन्द्रीय सदस्य नारायण भण्डारीले र दोस्रो दिनको कार्यक्रमको प्रमुख आतिथ्यता प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. उज्ज्वलमान श्रेष्ठको सभापत्विमा भएको कार्यक्रममा अभिभावक राम श्रेष्ठ, प्याब्सन जिल्ला सचिव पुरुषोत्तम अधिकारी, प्याब्सनका अध्यक्ष ताराबहादुर कार्की, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, च्वाडी पब्लिक माविका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह