+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरपालिकास्तरीय छात्र भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका प्रथम

अन्तरपालिकास्तरीय छात्र भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका प्रथम
त्रिशूली प्रवाह
२ साल अगाडी

चौघडा, नुवाकोट जिल्ला भलिबल सङ्घको आयोजनामा अन्तरपालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता मङ्सिर ८ देखि १० गतेसम्म लिखु गाउँपालिकाको क्षेत्रपाल मावि खेलमैदानमा सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रथम अन्तरपालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगितामा नुवाकोटका ११ टिमले भाग लिएका थिए । सो प्रतियोगितामा प्रथम स्थान दुप्चेश्वर गाउँपालिकाले जित्न सफल भई ५० हजार नगद रुपैयाँसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो । त्यसैगरी, उक्त प्रतियोगितामा तादी गाउँपालिका दोस्रो भई ३० हजार रुपैयाँसहित कप, प्रमाणपत्र र मेडल प्राप्त ग¥यो भने पञ्चकन्या गाउँपालिका तेस्रो भई १५ हजार रुपैयाँसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा सान्त्वना पुरस्कार विदुर नगरपालिकाले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो । सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा राजकुमार तामाङ दुप्चेश्वर, बेस्ट स्पाइकर अभिषेक शाही ठकुरी तादी, बेस्ट सेटर, बेस्ट डिफेन्डर सुवास कार्की पञ्चकन्या, बेस्टट सर्भर सन्तोष थापा विदुर, बेस्ट ब्लकर पुष्कर थापा दुप्चेश्वर, बेस्ट सेटर मीनबहादुर तामाङ दुप्चेश्वरले जितेको थियो । प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, विशेष अतिथि बागमती प्रदेश सभा सदस्य रमेश महत, विशेष अतिथि जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी र अतिथिमा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तमाङ, नेपाल भलिबल सङ्घका केन्द्रीय महासचिव रोशन श्रेष्ठ, नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य तथा नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह र जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राईले विभिन्न विधामा विजयी खेलाडी तथा टिमलाई नगद, कप, प्रमाणपत्र, मेडल र डमी चेक वितरण गरेका थिए । कार्यक्रमको उद्घाटन मङ्सिर ८ गते सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेको जिल्ला भलिबल सङ्घका अध्यक्ष सुवास पाण्डेले जानकारी दिए । जिल्लाको १२ वटा पालिकामध्ये ११ वटा मात्र पालिकाको ११ टिमको मात्र प्रतियोगितामा सहभागिता रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह