पुस्तक व्यवसायी सङ्घको अध्यक्षमा गजुरेल चयन

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:३४

बट्टार, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ नुवाकोटको १४औँ साधारणसभा तथा सातौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले वासुदेव गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ बागमती प्रदेशका सल्लाहकार तथा पूर्वकेन्द्रीय सदस्य तुलसी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कार्यसमितिको प्रमुख उपाध्यक्षमा गोकर्ण रोक्का, द्वितीय उपाध्यक्षमा राजेन्द्र रिजाल, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा बच्चुराम लामिछाने र सदस्यमा लिडर बस्नेत, रामकृष्ण राई चयन भएको सङ्घका निवर्तमान अध्यक्ष रोशन शाहले जानकारी दिए । सङ्घको विधानअनुसार लेखा समितिको संयोजकमा प्रेमप्रसाद वस्ती, सदस्यमा जसमान तामाङ र पुरुषोत्तम अधिकारी चयन भएका छन् । जिल्लाभरिका पुस्तक तथा स्टेसनरी व्यवसायीलाई सङ्घमा आबद्ध हुन नयाँ कार्यसमितिले अनुरोध गरेको छ । सङ्घले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालय सङ्घ-संस्थाले जिल्लाका व्यवसायीसँग स्टेसनरी तथा पुस्तक खरिद गर्नसमेत आग्रह गरेको छ । जिल्लामा सम्पूर्ण स्टेसनरी सामान तथा पाठ्यपुस्तक र सहयोगी पुस्तक काठमाडौंको मूल्यमा व्यवसायीले उपलब्ध गराउँदै आएको भए पनि केही कार्यालय र विद्यालयले काठमाडौंबाट सामान र किताब ल्याउने गरेकोप्रति सङ्घले विरोध जनाएको छ । सङ्घले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकले झोलामा पाठ्यपुस्तक र सहयोगी पुस्तक लगेर बेच्ने गरेकाले त्यस्ता कार्यलाई निन्दनीय भनेर निन्दासमेत गरेको छ ।