+
Search

ताजा अपडेट +

पपुलर +

शङ्खध्वनि प्रतियोगितामा सुवेदी प्रथम

शङ्खध्वनि प्रतियोगितामा सुवेदी प्रथम
त्रिशूली प्रवाह
२ साल अगाडी

देवीघाट, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्न मङ्सिर ६ गते बुधबार नुवाकोटको देवीघाटमा आयोजित शङ्खध्वनि प्रतियोगितामा ९ वर्षका देखि ८२ वर्षसम्मका एक महिला र ५७ पुरुषले शङ्ख बजाएका थिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएम १ सय ६ दशमलव ८ मेघाहर्जले पहिलोपटक शङ्खध्वनि प्रतियोगिता आयोजना गरेको हो । सनातन हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्ख संरक्षण र संवद्र्धनार्थ बागमती प्रदेशका नुवाकोट, रसुवा र धादिङमै पहिलोपटक खुला शङ्खध्वनि प्रतियोगितामा गरिएको रेडियोका उपाध्यक्ष सोहम सुवेदीले जानकारी दिए । प्रतियोगितामा धादिङ गल्छी गाउँपालिका-७ का सन्तोष सुवेदी प्रथम, नुवाकोट शिवपुरी गाउँपालिका-७ सुनखानीका रवीन्द्रप्रसाद पाण्डे द्वितीय र सुरज प्याकुरेल तृतीय भएका छन् । प्रतियोगितामा एक मात्र महिला सहभागी विदुर नगरपालि काकी सिर्जना मुडवरीले सान्त्वना स्थान प्राप्त गरिन् भने सहिद जगत प्रकाशजंग शाह संस्कृत माविमा अध्ययनरत छात्र अग्रिम न्यौपानेले पनि सान्त्वना स्थान प्राप्त गरेर पुरस्कार प्राप्त गरेका थिए ।

Suzuki New Bike & Scooter

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान र मायाको चिनो प्रदान गरिएको थियो भने सान्त्वना हुनेले तीन हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको विजेतालाई बागमती प्रदेश सभाका सदस्य रमेशकुमार महत र विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह