तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार ११:४२
Buddha Eyes

…नेपाली समाजमा वास्तुशास्त्रको महत्व कति छ भनिरहनु नपर्ला ! हरेक क्रियाकलापलाई वास्तुशास्त्रअनुसार नहुँदा वास्तुदोष मान्नेको सङ्ख्या समाजमा कमी छैन । वास्तुशास्त्र नमिलेको कारण जिल्ला अशान्त हुने भन्दै नुवाकोटका सिडिओ सा’वले आफू बस्ने कार्यकक्ष नै फेरबदलपछि वास्तुको महत्व जिल्लाका कार्जेलय प्रमुखले अब बुझ्लान् कि ? आध्यात्मिक भावना र ज्ञानमा पोख्त सिडिओ सा’वले जिल्लालाई वास्तुशास्त्रको दोषबाट मुक्त गराउने अभियानमा राजनीतिक दलको साथ र सहयोग कस्तो रहला खै ? वास्तुशास्त्र नमिले जिल्लालाई अशान्ति हुने सोचेर सिडिओ सा’वले पूर्वबाट पश्चिम फर्किने कार्यकक्षको बस्ने सेटिङलाई पश्चिमबाट पूर्व फर्काएपछि वास्तुशास्त्र अहिलेसम्म नबुझ्दा कर्मचारी ट्वाँ !