विदुर, नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको तेस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट सङ्घको अध्यक्षमा नारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ र सदस्यमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नवीन राजभण्डारी, दीपेन्द्र न्यौपाने, राजेन्द्र खड्का, रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, सङ्घको लेखा समितिमा हरिकृष्ण श्रेष्ठलाई संयोजक र सदस्यमा राजकुमार तिमिल्सिना, ज्ञानेश्वर अमात्य रहेका छन् । निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले शपथग्रहण आइतबार नै गराएका थिए । जिल्लाभरि रहेका बचत तथा ऋण सहकारीको छुट्टै सङ्घको रूपमा रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा हाल १७ वटा सहकारी आबद्ध रहेका छन् ।






प्रतिक्रिया