+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग दिवसमा रसुवाका पाँच उद्यमी सम्मानित

उद्योग दिवसमा रसुवाका पाँच उद्यमी सम्मानित
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवामा विभिन्न प्रकारका उद्यम गर्ने र त्यस उद्यमलाई निरन्तर रूपमा सञ्चालन गरी सफल भइरहेका पाँच गाउँपालिकाका पाँचजना उद्यमीलाई नवौँ राष्ट्रिय उद्योग दिवस सप्ताहको अवसरमा गत हप्ता सम्मान गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्लाका उद्यमीमध्ये गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलका काल्साङ तामाङ, नौकुण्ड गाउँपालिका–५ खाल्चेतका राजेश थिङ, कालिका गाउँपालिका–२ गोम्बोडाँडाकी सुजिता थोक्रा, उत्तरगया गाउँपालिका–३ ठूलोगाउँकी अम्बिका रसाइली र आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतकी पार्वती तामाङ उद्योग दिवसको अवसरमा सम्मानित भएका हुन् । सप्ताहको अन्तिम दिन मङ्सिर १५ गते उद्योग व्यवसाय सञ्चालनमा नीतिगत जटिलता र समस्या विषयक अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । सो कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री रामकृष्ण चित्रकारले पाँच उद्यमीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । घरेलु कार्यालय स्थापनाकालदेखि अनवरत रूपमा हरेक नीति तथा कार्यक्रममा सल्लाह, सुझाव प्रदान गर्दै सहयोग पु¥याएको भन्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । ‘औधोगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार’ भन्ने नाराका साथ एक सय ८० घण्टे फर्निचरसम्बन्धी आधारभूत सीप विकास तालिमसमेत राष्ट्रिय उद्योग दिवस सप्ताहका अवसरमा समापन भएको थियो ।

Suzuki New Bike & Scooter

कार्यक्रमका प्रमुख अतिथि मन्त्री चित्रकार रहेको उक्त कार्यक्रममा बागमती प्रदेशको नीति तथा योजना आयोगका सदस्य किरण गजुरेल, जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीलगायत जिल्लाका सरोकारवाला कार्यालय र उद्योगी–व्यवसायीका रसुवा जिल्लामा क्रियाशील सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट उद्यमीले उत्पादन गरेका सामग्री पनि उक्त दिन प्रदर्शन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रसुवाका कार्यालय प्रमुख वृहस्पति तामाङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह