बट्टार, नुवाकोट जिल्लाको विदुर नगरपालिकाभर कार्यक्षेत्र रहेको सक्षम बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
विदुर नगरपालिका–४ बट्टारमा कार्यालय रहेको सक्षम बहुउद्देश्यीय सहकारीको साधारणसभाले तुलसी दवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा जानुकादेवी घिमिरे, सचिवमा धनलाल ओझा, सहसचिवमा मदनबहादुर गुरुवाचार्य, कोषाध्यक्षमा राजुमान प्रधान रहेका छन् । साधारणसभाले कार्यसमितिका सदस्यमा रामदास रञ्जित, इन्द्रमान श्रेष्ठ, ईश्वर श्रेष्ठ, नूरकुमारी घिमिरे र लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिलबहादुर माझी र सदस्यमा विष्णुदेवी श्रेष्ठ, सचिना गुरुङ चयन भएका छन् । विदुर नगरपालिका–४ का अध्यक्ष नीलमबाबु ढुङ्गेलले उद्घाटन गरेको साधारणसभाबाट सहकारीका अध्यक्ष, लेखा संयोजक, कोषाध्यक्ष र लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित भएको व्यवस्थापक तकबहादुर गोदारले जानकारी दिए ।






प्रतिक्रिया