माझीटार, च्वाडी पब्लिक मावि विदुर नगरपालिका–५ माझीटारमा रहेको बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्रमा ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सेवा केन्द्रमा रहेका १३ जना बालबालिकालाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरेर मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको सभापतित्वमा, विदुर नगरपालिका–५ का वडाअध्यक्ष लीलानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा च्वाडी माविका पूर्वप्रधानाध्यापक रामप्रसाद जोशी र च्वाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्र शिक्षक स्रोत कक्षाका शिक्षक मीरा थापाको समेत उपस्थिति रहेको थियो । बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्रलाई अझै व्यवस्थित र सुधारोन्मुख बनाउन स्थानीयस्तरबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिका–५ का अध्यक्ष लीलानाथ न्यौपानेले जनाए । बौद्धिक अपाङ्गता भएका बालबालिकाको सामाजिक र घरायसी वातावरणमा उनीहरूको आत्मसम्मानका साथै अधिकार सुनिश्चिततामा विशेष कदम र पाइला चाल्न विद्यालय परिवार सदैव लागिरहेको च्वाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेले बताए ।






प्रतिक्रिया