+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्गता दिवस सम्पन्न

अपाङ्गता दिवस सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

माझीटार, च्वाडी पब्लिक मावि विदुर नगरपालिका–५ माझीटारमा रहेको बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्रमा ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सेवा केन्द्रमा रहेका १३ जना बालबालिकालाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरेर मनाइएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको सभापतित्वमा, विदुर नगरपालिका–५ का वडाअध्यक्ष लीलानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा च्वाडी माविका पूर्वप्रधानाध्यापक रामप्रसाद जोशी र च्वाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्र शिक्षक स्रोत कक्षाका शिक्षक मीरा थापाको समेत उपस्थिति रहेको थियो । बौद्धिक अपाङ्गता आवासीय सेवा केन्द्रलाई अझै व्यवस्थित र सुधारोन्मुख बनाउन स्थानीयस्तरबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिका–५ का अध्यक्ष लीलानाथ न्यौपानेले जनाए । बौद्धिक अपाङ्गता भएका बालबालिकाको सामाजिक र घरायसी वातावरणमा उनीहरूको आत्मसम्मानका साथै अधिकार सुनिश्चिततामा विशेष कदम र पाइला चाल्न विद्यालय परिवार सदैव लागिरहेको च्वाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह