+
Search

ताजा अपडेट +

पपुलर +

माता मनकामना सहकारीको साधारणसभा मौलाकालिकामा

माता मनकामना सहकारीको साधारणसभा मौलाकालिकामा
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, विदुर नगरपालिका–१ ढुङ्गेमा कार्यालय रहेको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा चितवन र नवलपरासीको नारायणी नदी किनारमा रहेको होटेल रिभर क्राउनमा शनिबार सम्पन्न भएको छ । कार्य क्षेत्रभन्दा बाहिर सम्पन्न भएको साधारणसभाले सेयर सदस्यलाई मनकामना र मौलाकालिकाको भ्रमणसमेत गराएको छ ।

सहकारीका सेयर सदस्य र सञ्चालक टोलीले शुक्रबार मनकामना र मौलाकालिका मन्दिरमा पूजापाठसहित दर्शन गरेर साधारणसभामा सहभागी भएका थिए । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, जिल्ला सहकारी सङ्घका प्रतिनिधि सविनराज भण्डारी, होटेल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेतीको विशेष आतिथ्यता रहेको थियो । साधारणसभामा साथी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष राजमान श्रेष्ठ, रुपिनदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन शाह अतिथि रहेको साधारणसभामा सहकारीका अध्यक्ष नवीनकृष्ण राजभण्डारी, कोषाध्यक्ष शिवलाल श्रेष्ठ, लेखा समितिका संयोजक रामेश्वर गुणीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । सहकारीले स्थापना गरेको जीवन सुरक्षा कोषबाट गत आ.व.मा सेयर सदस्य राजनमान श्रेष्ठको मुटुको शल्यक्रिया गर्न १५ हजार सहयोग गरेको सञ्चालक समितिका सचिव अमरबहादुर कार्कीले जानकारी दिए । सहकारी संस्था ०७० सालमा डिभिजन सहकारी कार्यालयमा दर्ता भएको थियो । सेयर सदस्यलाई व्यावसायिक र उद्यमशील बनाउने लक्ष्यका साथ स्थापना भएको सहकारीमा पुरुष दुई सय ४३ र महिला एक सय १० गरी कुल सेयर सदस्य सङ्ख्या तीन सय ५३ र सेयरपुँजी एक करोड १५ लाख ९७ हजार तीन सय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह