नुवाकोट काङ्ग्रेसको सम्मेलनमा देउवा र कोइराला आउने

  • त्रिशूली प्रवाह
  • २८ मंसिर २०८०, बिहीबार १२:५१

विदुर, सङ्घीयता कार्यान्वयनपछिको संशोधित नेपाली काङ्ग्रेसको विधानअनुसार नेपाली काङ्ग्रेस नुवाकोटको पहिलो जिल्ला सम्मेलन पुस २ गते विदुरमा हुने भएको छ ।

जिल्ला कार्यसमितिले गरेको निर्णयानुसार पुस २ गते नुवाकोटको पछि पहिलो जिल्ला सम्मेलन हुने भएको छ । जिल्ला सम्मेलनको उद्घाटन पार्टी कार्यालय विदुरमा नेपाली काङ्ग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जानकारी जिल्ला पार्टी सभापति रमेशकुमार महतले दिए । उद्घाटन कार्यक्रमका विशेष अतिथिका रूपमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला आउने बताइएको छ । बिपी स्मृति भवन विदुरमा हुने कार्यक्रममा जिल्लाबाट केन्द्रीय नेतृत्वमा रहेका डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामालाई समेत उपस्थिति गराउने गरी जिल्ला कार्यसमितिले पहल गरिरहेको छ ।