खरानीटार, तादी गाउँपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाले नेपाल रेडक्रस शाखा नुवाकोटसँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष सन्तमान तामाङले बताए ।
नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरी आफ्ना बिरामी नागरिक स्थानीय अस्पताल वा नेपाल अधिराज्यभरका अस्पतालमा भर्ना भई उपचार गराउँदा रगतको निःशुल्क व्यवस्था गराएका हुन् । बिरामीले रेडक्रसबाहेक रगत खरिद गरी उपचार गरेमा पनि पछि सो रकमबराबरको बिलअनुसार भुक्तानी गर्ने अध्यक्ष तामाङको भनाइ छ । रगत अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न नीति तथा कार्यक्रमअनुरूप बजेट व्यवस्थापन गरिएको तामाङको भनाइ छ । रेडक्रसले तादीका बिरामी नागरिकलाई परिचयको आधारमा निःशुल्क रगत उपलब्ध गराउनेछ । संविधानले नागरिकका स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रत्याभूत गराउने गरी स्थानीय सरकारले जिम्मेवारीबोध गराउने यस्तो कार्यक्रमको पालिकावासीबाट प्रशंसा भएको छ ।






प्रतिक्रिया