- सरस्वती न्यौपाने
धुन्चे, रसुवाकै गहनाको रूपमा रहेको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा रहेको सभाहल ४८ वर्षपछि पुनर्निर्माण हुने भएको छ । तत्कालीन जिल्ला पञ्चायतको मातहतमा रहने गरी ०३२ सालमा निर्माण गरिएको सभाहलमा ०७२ मा गएको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएको थियो । भूकम्प गएको आठ वर्षपछि आधुनिक शैलीमा ०८१ असार मसान्तसम्ममा सभाहल निर्माण हुने भएको छ ।
जेबी कन्स्ट्रक्सन प्रा.लि. रसुवाले उक्त सभाहल निर्माणको ठेक्का पाएको र दुईदेखि तीन सयजना मानिस अटिने क्षमता रहने निर्माणको ठेकेदार छेसिङ तामाङ (लामा)ले बताए । ०७२ को भूकम्पले भत्काएपछि त्यत्तिकै रहेको उक्त सभाहल एक वर्षभित्र आधुनिक तरिकाले बन्न लागेको हो । तत्कालीन जिल्ला विकास समिति रसुवाको मातहतमा रहेको सभाहल जिल्लाकै नमुनायोग्य र सभा, समारोह सम्मेलन हुन्थ्यो । धुन्चे गाउँवासीले विवाह, घेवा गर्ने स्थलसमेत रहेको उक्त सभाहल भवन खण्डहर बनेपछि स्थानीयलाई आफ्ना शुभकार्य गर्न समस्या परिरहेको थियो । आधुनिक भवन बनेपछि फेरि उत्कृष्ट भवन हुने अपेक्षा रसुवा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गरे । सभाहल भवन ०३२ सालमा निर्माण गरिएको थियो ।
प्रतिक्रिया