+
Search

ताजा अपडेट +

पपुलर +

पालिका उपाध्यक्ष लामा नृत्यमा सहभागी हुँदा विद्यार्थीमा हौसला

पालिका उपाध्यक्ष लामा नृत्यमा सहभागी हुँदा विद्यार्थीमा हौसला
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, गोसाइँकुण्ड गाउँपालिका कार्यालयको आयोजनमा गोसाइँकुण्ड गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड पुस ४ गते बुधबार सुरु भएर ६ गते शुक्रबार सम्पन्न भएको छ । चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापनको अवसरमा पालिकाका कर्मचारीसँग गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा लामा नृत्यमा सहभागी हुँदा विद्यार्थी हौसेका थिए ।

कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडी भाइबहिनीलाई उत्साह-उमङ्ग छाओस् भनेर आफैँ नृत्यमा सहभागी भएको उपाध्यक्ष लामाले बताइन् । गाउँ, समाज र राष्ट्रका लागि खेलकुदको महत्व रहेको छ, खेलकुद अन्तर्राष्ट्रिय जगत्मा समेत गाउँ, जिल्ला र देशको नाम चिनाउन दरिलो माध्यम भएकाले विद्यार्थी भाइबहिनीलाई आफ्नो कला देखाउन हौसला मिलोस् भनेर कर्मचारीसँग नृत्यमा सहभागी भएको उनले बताइन् । स्थानीय सरकारले खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि सदैव सकारात्मक भएको पालिकाकी उपाध्यक्षसमेत रहेकी लामाले बताइन् । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कन्र्याल लामा, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी बेदनी खनाल, जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख सुवास बुढाथोकी, सशस्त्र प्रहरी बलका प्रमुख सुमन थापा, प्रमुख अनुसन्धान अधिकृत मोहन आचार्य, लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराल, वडाध्यक्ष, वडासदस्य, प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सङ्घ-संस्थाका प्रमुख प्रतिनिधि, पालिकाभित्रका विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो । विजयी खेलाडीलाई सिल्ड, नगद तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि, जिल्ला समन्वय समितिका अध्यक्ष घिमिरेले प्रतियोगितामा पदक जित्न सफल भएका खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तमाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त रनिङ सिल्डको उपाधि हाइल्यान्ड आवासीय मावि धुन्चेको पोल्टामा परेको छ । गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुबेँसी रसुवाको आयोजनामा वडा कार्यालय र रसुवा माविको सहजीकरणमा बालमन्दिर प्रांगणमा भएको राष्ट्रपति रनिङ सिल्ड ०८० को उपाधि ६ स्वर्ण, ११ रजत, ३ कांस्य हात पार्न सफल भई हाइल्यान्ड प्रथम भएको हो । यसैगरी रसुवा मावि दोस्रो र तेस्रोमा कोमिन स्यामेवाङफेल मावि स्याफ्रु भएको थियो । समापन समारोहको अवसरमा पालिकास्तरबाट छनोट भई जिल्लास्तरीय खेलमा विजयी हुने खेलाडीलाई पाँच हजार नगद दिने घोषणा पालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह