+
Search

ताजा अपडेट +

पपुलर +

मदन-आश्रित स्मृति पुस्तकालय सञ्चालनमा प्रतिष्ठानको कार्यसमिति सर्वसम्मत

मदन-आश्रित स्मृति पुस्तकालय सञ्चालनमा प्रतिष्ठानको कार्यसमिति सर्वसम्मत
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार (हावाघर), नुवाकोटको विदुर नगरपालिका–४ बट्टार हावाघरमा शनिबारदेखि मदन–आश्रित स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठान नुवाकोटले ‘मदन–आश्रित स्मृति पुस्तकालय’ सञ्चालनमा ल्याएको हो । नवनिर्मित पुस्तकालय भवनको उद्घाटन र पुस्तकालयको शुभारम्भ मङ्सिर ७ गते नेकपा एमालेका पूर्वपोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री एवम् मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले गरेका थिए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पुस्तकालयको उद्घाटन गर्दै मदन भण्डारी फाउन्डेसनका अध्यक्ष पाण्डेले पछिल्लो समय मानिसमा अध्ययन गर्ने क्रम घटिरहेका बेला पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । पुस्तकालय खुल्नु मात्र ठूलो उपलब्धि होइन, त्यसले निरन्तर पाठक पाउँछ कि पाउँदैन भन्ने महत्वपूर्ण कुरा भएको उनले बताए । पाण्डेले पुस्तकालयमा पाठकको लगाव बढाउने वातावरण बनाउन सञ्चालकलाई आग्रह गरे । सो कार्यक्रममा नेकपा एमालेका स्कुल विभागका सचिव घनश्याम कोइरालाले कुनै पनि समाजको सभ्यता, संस्कृति एवम् संस्कारको संवद्र्धनका लागि भाषा एवम् साहित्यको अत्यन्त महत्वपूर्ण योगदान हुने बताउँदै त्यो सबै पुस्तकालयबाट पाउन सकिने बताए । यस्तै, कार्यक्रममा नेकपा एमाले नुवाकोटका नेता नारायणप्रसाद खतिवडाले ज्ञान संसारकै शक्तिशाली हतियार भएकाले यस पुस्तकालयले ज्ञानको सञ्चार राम्रोसँग गर्ने विश्वास व्यक्त गरे । उनले बट्टारको हावाघर पछिल्लो समय सदरमुकामको पनि मुकाम रहेकाले हावाघरमा पुस्तकालय सञ्चालन हुनु आफैँमा सुखद पक्ष रहेकोसमेत बताए । झन्डै २८ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको पुस्तकालय आफ्नै भवनबाट सञ्चालनमा आएको हो । योसँगै नुवाकोटमा सार्वजनिक पुस्तकालयको सङ्ख्या दुई पुगेको छ । यसअघि समाज सचेतन केन्द्रले विदुरमा सचेतन पुस्तकालय सञ्चालन गरिरहेको छ ।

Suzuki New Bike & Scooter

पुस्तकालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, एमालेको पार्टी स्कुल विभागका सदस्य रामशरण प्याकुरेल, एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधान, सचिव सुदर्शन नेपाल, विदुर नगरपालिका– २ का अध्यक्ष दीपक कायस्थ, वडा नम्बर– ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नम्बर– ६ का अध्यक्ष श्यामकृष्ण चालिसेलगायतको उपस्थिति रहेको प्रतिष्ठानका उपाध्यक्ष रामहरि रिमालले जानकारी दिए । साथै, प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट ११ सदस्य निर्विरोध चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा शिवकुमार मिश्र, उपाध्यक्षमा रामहरि रिमाल, महासचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा राजनप्रसाद प्याकुरेल, सचिवमा तारादेवी रिमाल, सदस्यमा अम्बिका पौडेल, राजेन्द्र दवाडी, बुद्धिसागर रिजाल, बलराम खड्का, ध्रुवजी अधिकारी र गंगा बोगटी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह