+
Search

ताजा अपडेट +

पपुलर +

भैरुम माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भैरुम माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

हात्तीगौँडा, नुवाकोटको पुरानो सामुदायिक विद्यालयमध्येको विदुर नगरपालिका-८ मा रहेको भैरुम माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस पुस १६ गते सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मन्त्री लामाले विद्यालयको भौतिक, शैक्षिक विकास र सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, विदुर नगरपालिकाका पूर्वमेयर सञ्जु पण्डितलगायतले जिल्लाको उत्कृष्ट विद्यालयको रूपमा भैरुम मावि रहेकाले शैक्षिक गुणस्तर कायम राख्न सल्लाहसहित सहयोग गर्ने बताए । विद्यालयले सो कार्यक्रममा विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग पु¥याउने विदुर नगरपालिका–८ का पूर्वअध्यक्ष फैसिंङ तामाङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शिवप्रसाद अधिकारी, विद्यालयको भवन निर्माणमा सहयोग पु¥याउने मधुसुदन अधिकारी, दिलीप यादव, भोजबहादुर केसी र सेल्वोन तामाङलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । विद्यालयका शिक्षक नारायण श्रेष्ठ र रिना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा शिक्षक प्रतिनिधि बद्रीप्रसाद बडालले स्वागत र प्रधानाध्यापक शिवराम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साङ्गीतिक कार्यक्रमसहित सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसमा खेलकुद प्रतियोगिता र कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र, सिल्ड, मेडल प्रदान गरिएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह