विदुर, नेपाल पब्लिक क्याम्पस सङ्घ रसुवा–नुवाकोट जिल्लाको पहिलो अधिवेशन गत हप्ता सम्पन्न भएको छ । अधिवेशनले सङ्घको अध्यक्षमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डङ्गोललाई सर्वसम्मत चयन गरेको छ ।
गत हप्ताको शनिबार सम्पन्न अधिवेशनले डङ्गोलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा अर्जुन लामिछाने, सचिवमा रिता पछाई र कोषाध्यक्षमा शंकर नेपाल र सदस्यमा श्रीलाल श्रेष्ठ, राकेशप्रसाद शाह, रामप्रसाद रिमाल, चूडामणि न्यौपाने, लक्ष्मण न्यौपाने, सुरेन्द्र अधिकारी र रसुवा प्रतिनिधि केशव रिजाल चयन भएका छन् । रसुवा र नुवाकोटको गाउँ–गाउँमा सञ्चालन भइरहेका केही पब्लिक क्याम्पस अहिले विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।






प्रतिक्रिया