+
Search

ताजा अपडेट +

पपुलर +

शुभप्रभात सहकारीको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति पुनर्गठन

शुभप्रभात सहकारीको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति पुनर्गठन
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ०६४ सालमा दर्ता भई सञ्चालन भइरहेको सहकारीले आफ्नै नाममा विदुर नगरपालिका–२ भूटोल बजारमा रहेको पाँचआना दुई पैसा एक दामको जग्गामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिरहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

२५ जना सेयर सदस्यबाट १६ वर्षअघि स्थापना भएको सहकारीमा हाल संस्थापक सेयर सदस्यको हैसियत राख्ने सदस्यको सङ्ख्या दुई हजार एक सय नौ रहेको छ । महिला नौ सय ६४ र पुरुष एक हजार एक सय ४५ रहेको सहकारीको ०८० मङ्सिर मसान्तसम्म दुई करोड एक लाख नौ हजार ६ सय सेयरपुँजी कायम छ । सहकारीको शनिबार सम्पन्न साधारणसभाले चारवर्षे कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका केही सदस्य हेरफेर गरेर नयाँ चयन गरेको छ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले उद्घाटन गरेको साधारणसभापछिको बन्दसत्रमा सञ्चालक र लेखा सुपरिवेक्षण समितिका अधिकांश पुराना र केही नयाँ सदस्य निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए । निर्वाचन संयोजक श्रेष्ठले दिएको जानकारीअनुसार साधारणसभाले अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ, उपाध्यक्षमा ध्रुवबहादुर थापामगर, सचिवमा श्यामनारायण डङ्गोल, सहसचिवमा रमेश विश्वकर्मा, कोषाध्यक्षमा रामराजा श्रेष्ठ र सदस्यमा अनिलाकुमारी डङ्गोल, श्यामलाल डङ्गोल, अच्युत्तम राजभण्डारी, सुरेन्द्रविक्रम शाह निर्वाचित भएका छन् । त्यसैगरी, साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा रविन डङ्गोल र सदस्यमा विवेक बज्राचार्य, सुसन श्रेष्ठलाई चयन गरेको छ । सहकारीको स्थापनादेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका महेन्द्रलाल श्रेष्ठलाई शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभामा उपस्थित सेयर सदस्यले पुनः अध्यक्षमा निर्वाचित गरेका छन् ।

Suzuki New Bike & Scooter

गत आ.व. ०७९/८० मा सहकारीले सम्पूर्ण खर्च कटाइ २५ लाख ७१ हजार सात सय ४४ रुपैयाँ नाफा आर्जन गरेको थियो । उक्त आर्जन गरेको नाफालाई सहकारीको नियमानुसार वितरण गर्नुपर्ने विभिन्न कोषमा बाँडफाँट गरी बाँकी रकम सेयर सदस्यलाई लाभांश तथा साधारणसभामा उपस्थित सेयर सदस्यलाई यातायात खर्च वितरण गरेको कोषाध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिए । सहकारीले गत आ.व. ०७९/८० मसान्तसम्म १५ करोड ४८ लाख २९ हजार नौ सय १५ कर्जा प्रवाह गरी तीन करोड ३२ लाख ५९ हजार ८५ रुपैयाँ असुली गरेको वार्षिक विवरण साधारणसभामा अध्यक्ष महेन्द्रलाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आ.व.मा ऋण असुलीलाई तीव्रता दिने र कर्जा सुरक्षणका लागि कर्जा लगानी गर्दा १ प्रतिशत कर्जा जोखिम कोषको व्यवस्थाअनुसार जम्मा गरिरहेको समेत उनले जानकारी गराए । सहकारीमा गत आ.व. कर्जा लगानीको १ प्रतिशत ६३ हजार दुई सय ९ रुपैयाँसमेत गरी जोखिम कोषमा ३३ लाख २८ हजार नौ सय २४ रुपैयाँ रहेकोसमेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह