+
Search

ताजा अपडेट +

पपुलर +

प्राकृतिक भ्युटावर ज्यर्सातेन्जे ओझेलमा

प्राकृतिक भ्युटावर ज्यर्सातेन्जे ओझेलमा
त्रिशूली प्रवाह
१ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा प्रकृतिनिर्मित भ्युटावर ज्यर्सातेन्जे स्थानीयबाहेक अरूलाई जानकारी नहुँदा प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ ।

साविकको गत्लाङ गाउँको सिरानमा रहेको यो स्थानको उचाइ चार हजार मिटर रहेको छ । यहाँबाट चीनको हिमशृङ्खला, धादिङको रुविभ्याली, नुवाकोटको ककनी, काठमाडौंको रानीवन, सिन्धुपाल्चोकको आमायाङ्ग्री हिमाल, गोरखाको मनास्लु हिमाललगायत रसुवाको विभिन्न हिमाल गणेश हिमाल, गोसाइँकुण्ड पाल्दोर पिक, सान्जेन भ्याली, नागथली, पाङसाङभ्यु दृश्यावलोकन गर्न सकिन्छ । पर्यटन भित्र्याउने उत्कृष्ट गन्तव्य र सम्भावना बोकेको यो ठाउँको उचित प्रचार–प्रसार आवश्यक रहेको छ । गाउँपालिका र वडाले आवश्यक प्रचार–प्रसारमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न सक्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । रसुवा जिल्लामा मानवनिर्मित भ्युटावरभन्दा पनि प्रकृतिनिर्मित असङ्ख्य भ्युटावर रहेका छन् । त्यसको खोजीनिती गरेर अगाडि ल्याउन सके स्थानीयवासी र जिल्लाकै दिगो आम्दानीको स्रोत बन्न सक्छ । प्रकृतिले रचना गरिदिएको यस्ता हरेक सुन्दर ठाउँको प्रचार–प्रसारमा सरोकारवालाले चासो नदिँदा गुमनाम रहेका छन् । रसुवा साँच्चै नै सुन्दरताको खानी, धार्मिक सांस्कृतिक मौलिक परम्परा रहेको तामाङ बाहुल्य रहेको जिल्ला हो । रसुवा जिल्ला पछिल्लो समय जलविद्युत्को हब र चीन प्रवेश गर्ने नेपालकै प्रमुख नाकाको रूपमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह