+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम नुवाकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा ब्याडमिन्टन खेलमा नयाँ च्याम्पियन

प्रथम नुवाकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा ब्याडमिन्टन खेलमा नयाँ च्याम्पियन
त्रिशूली प्रवाह
१ साल अगाडी

ढिकुरे, नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको वडा नं.-१ र २ को सिमाना लिखु बगर ढिकुरेमा गत मंशिर २८ देखि पौष १० गतेसम्म सम्पन्न प्रथम नुवाकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा भएको जिल्लास्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगितामा इन्जिनियर सुरज लामा र चन्दन घले नयाँ च्याम्पियन बनेका छन् ।

नुवाकोट ब्याडमिण्टन संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा तेश्रो स्थानमा सुन बहादुर तामाङ/दुर्गा थापा मगर र दोश्रो जिल्ला समन्वय जिल्लास्तरीय प्रतियोगितामा च्याम्पियन बनेका बिबेक जोशी÷प्रोग्रेस श्रेष्ठ प्रथम नुवाकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा भएको जिल्लास्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगितामा पनि दोश्रो भएका छन् । श्रीराम तामाङ र राकेश गुरुङलाई पराजित गर्दै फाइनलमा रोचक प्रतिस्पर्धात्मक खेलमा इन्जिनियर सुरज लामा र चन्दन घलेको च्याम्पियन बनेका हुन् । उक्त प्रतियोगिताको नगद पुरस्कार, ट्रफि तथा प्रमणपत्र महोत्सवको अन्तिम दिनको प्रमुख अथिति प्रदेश सांसद् रमेश महत र विशेष अथिति लिखु गाउँपालिका अध्यक्ष धु्रव श्रेष्ठले प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह