+
Search

ताजा अपडेट +

पपुलर +

शुभकामना सहकारीको साधारणसभा सम्पन्न

शुभकामना सहकारीको साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

बेत्रावती, सहकारी मूल्यमा आधारित सदस्यको आर्थिक सङ्कट टार्न सहुलियत ब्याजदरमा ऋण वितरण तथा लगानी गरी सदस्यको आर्थिक, सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले ०५७ सालमा स्थापना भएको शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका–१० बेत्रावतीको २२औँ वार्षिक साधारणसभा गत हप्ता सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले सहकारी ऐनअनुसार सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिसमेत चयन गरेको छ । सञ्चालक समितिको चारवर्षे कार्यकालका लागि साधारणसभाले हरिकृष्ण डङ्गोललाई अध्यक्षमा, राजकुमार प्याकुरेललाई उपाध्यक्षमा, चन्द्रलाल डङ्गोललाई सचिवमा, सोमलाल लवटलाई कोषाध्यक्षमा, रिता रिजाललाई सहसचिवमा, सुवास डङ्गोल (दीपु) र राजकुमार डङ्गोललाई सदस्यमा चयन गरेको व्यवस्थापक विवश डङ्गोलले जानकारी दिए । सहकारीको कार्यक्षेत्र विदुर नगरपालिका वडा नम्बर ७, ८, ९, १०, ११, लिखु गाउँपालिका वडा नम्बर १२ र बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ र ९ रहेको छ । सहकारीले आ.व. ०७९/८० मा कूल बचत सङ्कलन १२ करोड २१ लाख ७८ हजार चार सय ३३ र कुल बचत फिर्ता १२ करोड १६ लाख ७१ हजार चार सय आठ रुपैयाँ गरेको थियो । भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको सहकारीको सेयरपुँजी गत आ.व. ०७९/८० को असार मसान्तसम्म दुई करोड दुई लाख ३७ हजार आठ सय रहेको छ भने गत आ.व. ०७८/७९ मा भन्दा सेयरपुँजी वृद्धि भएको छ । आ.व. ०७८/७९ मा ७० लाख ४३ हजार ३ सय मात्र सेयरपुँजी रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह