तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १२:४८
Buddha Eyes

सत्ताको रोटी सेक्न व्यस्त दलका कारण राष्ट्रियता धर्मराउँदै ! प्रदेश खारेजीको माग गर्ने दललाई नै कोशी प्रदेशको सभामुखको जिम्मा लगाउने दलले गणतन्त्र र सङ्घीयतालाई कसरी जोगाउलान् खै ? नुवाकोटमा भने सङ्घीयताको एउटा खम्बा स्थानीय सरकारले एकीकरण पदमार्गको प्रवद्र्धनमा आएको सेनाको टोलीलाई स्वागत र बिदाइ भव्य गरे पनि राष्ट्रिय गान प्राथमिकतामा नपरेको कारण सहभागी जर्याक–जुरुक्क ! वडाध्यक्ष कायस्थले नगरप्रमुखको प्रशंसा गर्दै राष्ट्रिय गान भुलेपछि भूपू सैनिक र प्रजिअ पौडेल सरलाई भएको अप्ठ्यारोपनलाई उपप्रमुख म्याडमले महसुस गरे पनि उनीसँग परामर्श नगर्दा सेलरोटी नै खल्लो भएको पदमार्गका सहभागीलाई पर्यो ।