+
Search

ताजा अपडेट +

पपुलर +

सम्पन्न सहकारीको राजस्वमा चार लाख ८३ हजार योगदान

सम्पन्न सहकारीको राजस्वमा चार लाख ८३ हजार योगदान
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, सम्पन्न बचत तथा ऋण सहकारी संस्था लि. बट्टार नुवाकोटको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले गत आ.व. ०७९/८० मा विभिन्न शीर्षकमा नेपाल सरकारलाई चार लाख ८३ हजार ५० रुपैयाँ राजस्व जम्मा गर्न सफल भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

वार्षिक साधारणसभाका प्रमुख अतिथि बुद्धभूमि हाइड्रोपावर कम्पनी लि.का अध्यक्ष एवम् सम्पन्न बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष पूर्णलाल श्रेष्ठले नेपालजस्तो गरिब देशको समृद्धिको आधार सहकारी भएको बताए । सहकारीका अध्यक्ष भोलाशङ्कर गुरुवाचार्य, लेखा सुपरिवेक्षण समितिका संयोजक जुनिल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनसहित विनियम पुनर्लेखन र नीति तथा कार्यविधि बनाउने प्रस्ताव साधारणसभाले पारित गरेको छ । साधारणसभाले लेखा सुपरिवेक्षण समितिका संयोजक जुनिल श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै सेयर सदस्य रमेश राजभण्डारीलाई लेखा सुपरिवेक्षण समितिको संयोजकमा चयन गरेको छ । साधारणभामा सेयर सदस्य पुरेन्द्र ढकाल, नारायणदेवी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मल श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटालगायतले सहकारी संस्थाले सेयर सदस्यबीच मात्र कारोबार गर्न सुझाव दिए ।

Suzuki New Bike & Scooter

०६६ चैत १८ गते दर्ता भई सञ्चालनमा आएको सहकारीको सेयरपुँजी एक करोड ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ । साधारणसभाले सेयर सदस्यलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको सचिव प्रेमकृष्ण राजभण्डारीले जानकारी दिए । सहकारीले आ.व.०७७/७८ को बचत निक्षेपसहित आ.व.०७९/८० को असार मसान्तसम्मको कुल निक्षेप आठ करोड ४७ लाख ७९ हजार ६२ रुपैयाँ र कर्जा लगानी आठ करोड २० लाख ५० हजार एक सय ५६ रुपैयाँ गर्दा कुल ब्याज आम्दानी एक करोड १९ लाख ११ हजार तीन सय १९ रुपैयाँ गर्न सफल भएको छ । े

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह