+
Search

ताजा अपडेट +

पपुलर +

जनजागरण सहकारीको अध्यक्षमा पुनः आचार्य चयन

जनजागरण सहकारीको अध्यक्षमा पुनः आचार्य चयन
त्रिशूली प्रवाह
१ साल अगाडी
  • सरस्वती न्यौपाने

बनुवा (कालिकास्थान), रसुवाको उत्तरगया गाउँपालिका-५ बनुवामा रहेको जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत हप्ता सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः ओमप्रसाद आचार्य चयन भएका छन् ।

साधारणसभाले ओमप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य सञ्चालन समिति तथा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न भएको २३औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उपाध्यक्षमा रामकृष्ण प्याकुरेल, सचिवमा राममणि पौडेल, सहसचिवमा यदिप्रसाद आचार्य र कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन् भने सदस्यमा अर्जुन देवकोटा, ज्ञानु अर्याल, मैयादेवी देवकोटा, नारदप्रसाद आचार्य, निर्मला श्रेष्ठ, सन्तोषी रिजाल आचार्य, लेखा समिति संयोजकमा मुकुन्दप्रसाद पौडेल, सदस्यमा वासु आचार्य र मधुसुदन आचार्य चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह