+
Search

ताजा अपडेट +

पपुलर +

करेन्ट लागेर जबरजंग गणका सवारीचालकको मृत्यु

करेन्ट लागेर जबरजंग गणका सवारीचालकको मृत्यु
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको सुरक्षार्थ तैनाथ जबरजंग गणमा कार्यरत सवारीचालक रामकुमार कार्कीको गत मङ्सिर २३ गते करेन्ट लागेर मृत्यु भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रामेछाप जिल्ला, गोठगाउँ गाविस–६ घर भई जबरजंग गणमा कार्यरत सवारीचालक कार्कीको करेन्ट लागेर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । नुवाकोट जिल्ला, विदुर नगरपालिका–२ बँदेलडाँडा सामूहिक तालिम इलाकामा देवीघाट ब्यारेकबाट आवश्यक बन्दोबस्तीका सामान लैजान गणमा रहेको ग.१झ २४४२ नम्बरको ७.५ टन सामान ट्रकमा लोड गर्ने क्रममा निजले लोड गरिरहेको हरियो बाँसले नजिकै रहेको बिजुलीको ३३ के.भि.ए. हाइटेन्सन लाइनको नाङ्गो तारमा अचानक छुन गई करेन्ट लागेको गणले जानकारी दिएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह