+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार सहकारीको अध्यक्षमा टलकमान चयन

बट्टार सहकारीको अध्यक्षमा टलकमान चयन
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटमा कारोबारको हिसाबले अग्रणी सहकारी संस्था बट्टार सहकारी संस्था लि.को पुस २१ गते शनिबार २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचनमण्डलका संयोजक द्वारिकाप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अध्यक्षमा टलकमान श्रेष्ठ, उपाध्यक्षमा मेनुका श्रेष्ठ, सदस्यमा भीमसेन अर्याल, हरिप्रसाद जोशी, राजकुमार भट्टराई, रमेशमान श्रेष्ठ, राजकुमार आचार्य, सम्झना जोशी श्रेष्ठ, शिवकुमार मिश्र, निरोजमान श्रेष्ठ लवट, कृष्णलक्ष्मी मास्के र लेखा सुपरिवेक्षण समितिको संयोजकमा नवराज न्यौपाने, सदस्यमा पुजन कसजू र भवनाथ पौडेललाई चयन गरेको छ । अध्यक्षमा निर्वाचित टलकमान श्रेष्ठ निवर्तमान सञ्चालक समितिको उपाध्यक्ष हुन् । सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका राष्ट्रिय प्रतिनिधि वैकुण्ठ मिश्रले गरेका थिए । सो कार्यक्रममा विशेष अतिथिको रूपमा जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण श्रेष्ठको उपस्थिति थियो । वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष ओमप्रकाश श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन, लेखा समितिका संयोजकको तर्फबाट नवराज न्यौपाने प्रस्तुत गरेको प्रतिवेदन, ऋण लगानी तथा असुली उपसमितिका संयोजकको तर्फबाट मोहनबहादुर अर्यालले प्रस्तुत गरेको प्रतिवेदन र सहकारीका व्यवस्थापक हरिप्रसाद जोशीबाट प्रस्तुत आ.व. ०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा आ.व. ०८०/८१ को अनुमानित कार्यक्रम बजेट छलफलसहित पारित भएको छ ।

Suzuki New Bike & Scooter

सहकारीमा महिला आठ सय १०, पुरुष एक हजार ८१, संस्थागत १५ गरी एक हजार नौ सय ६ सेयर सदस्यको सङ्ख्या रहेको छ । कुल सेयर पुँजी पाँच करोड ७५ लाख ८४ हजार चार सय रहेको सहकारीको गत आ.व. ०७९/८० मा सात करोड पाँच लाख ९३ हजार ६ सय १२ जम्मा आम्दानी र ६ करोड ११ लाख सात हजार ६ सय ९६ खर्च हुँदा ९४ लाख ८५ हजार नौ सय १६ खुद नाफा भएको लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह