+
Search

ताजा अपडेट +

पपुलर +

उपकार सहकारीको अध्यक्षमा ढुंगाना

उपकार सहकारीको अध्यक्षमा ढुंगाना
त्रिशूली प्रवाह
२ साल अगाडी

त्रिशूलीबजार, उपकार बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले चारवर्षे कार्यकालका लागि नवराज ढुंगानाको अध्यक्षतामा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले उद्घाटन गरेको साधारणसभाबाट उपाध्यक्षमा केशवप्रसाद प्याकुरेल, सचिवमा अपार बोहरा, कोषाध्यक्षमा राजु श्रेष्ठ र सञ्चालक समितिको सदस्यमा अरुणकुमार श्रेष्ठ, राजेन्द्र रिजाल, यादवप्रसाद थपलिया, राजन श्रेष्ठ र शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुब्बाबहादुर श्रेष्ठ, सदस्यमा सावित्री रिमाल र हरिप्रसाद प्याकुरेललाई साधारणसभाले चयन गरेको छ । सहकारीको ऋण उपसमितिमा राजन श्रेष्ठ, संयोजकमा नेत्रप्रसाद अगस्ती र सदस्यमा चन्द्रबहादुर लामा चयन भएका छन् । सहकारीका अध्यक्ष राजेन्द्र रिजालको सभापतित्वमा भएको उद्घाटन सत्रको विशेष अतिथि विदुर नगरपालिका– १ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल र अतिथिमा विदुर नगरपालिकाको सहकारी इकाइका प्रमुख नानीमैया नेपाल, गतिशील महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिन्दा ढुंगाना, आशीर्वाद कृषि सहकारी संस्था लि. का अध्यक्ष गोपालप्रसाद रिजाललगायतले शुभकामना दिएका थिए ।

Suzuki New Bike & Scooter

०६६ चैत २० गते दर्ता भई सञ्चालन भइरहेको सहकारीमा चार सय ८८ सेयर सदस्य र एक करोड ५६ लाख ८२ हजार पाँच सय सेयरपुँजी रहेको छ । सहकारीले चालू आ.व. ०८०/८१ मा सेयरपुँजी वृद्धि गरी एक करोड ७० लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ । सहकारीले आ.व. ०७९/८० मा विभिन्न बचत सङ्कलन योजनामार्फत नौ करोड २४ लाख ५० हजार तीन सय ९० बचत सङ्कलन गरी सोही आ.व.मा नौ करोड ३८ लाख ६४ हजार चार सय ३८ बचत फिर्ता गरी सहकारीमा आ.व. ०७८/७९ सम्मको तीन करोड सात लाख ७० हजार सात सय १९ रुपैयाँ बचत रहेको कोषाध्यक्ष अशोक अधिकारीले जानकारी दिए । आ.व. ०७९/८० को असार मसान्तसम्म सहकारीको कर्जा लगानी तीन करोड ९८ लाख ६४ हजार दुई सय ९१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह