तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:०९
Buddha Eyes

सतीले सरापेको हाम्रो देशमा सङ्घ र प्रदेशका मन्त्री अचम्मै फुर्सदिला ! काम नपाएपछि को नि के…. कनाउने भनेजस्तै जनताको हितमा काम गरेर देखाउनुपर्ने प्रधानमन्त्री, मन्त्री र अन्य महामहिमहरूको मेला, महोत्सव, दिवस, उत्सव र गोरू जुधाउने कार्यक्रममै सम्पूर्ण शक्ति खर्चिँदै । संस्कृतिसँग जोडिएको नुवाकोटको पुरानो परम्परा तारुकाको गोरु जुधाउने कार्जेक्रममा सङ्घीय अर्थमन्त्री आउने प्रचार गरेर प्रदेशको अर्थमन्त्री पुग्दा सहभागी तितर–बितर, आयोजक झोक्रिनुपर्ने अवस्था ! गोरु जुधाउन र पृथ्वीजयन्तीमा जिल्ला आउने प्रमुख अतिथि बर्सेनि सत्तामा बसेका शक्ति डगार्नेलाई ल्याए पनि गोरु जुधाउने क्षेत्र र देवीघाट तथा नुवाकोट दरबारपरिसरको गुरुयोजना अलपत्र !