शिक्षक हित सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:१९

विदुर, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका–४ नुवाकोटको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष मधुसुधन नेपालको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वआर्थिक विकास तथा योजनामन्त्री केशवराज पाण्डेले गरेका थिए । आपसी सहयोग सद्भावका साथै शिक्षकको आर्थिक, सामाजिक विकास र रूपान्तरणमा सहकारी सहयोगी हुने उनले बताए । ०७२ असारमा दर्ता भई साउनदेखि कारोबार सुरु भएको सहकारीमा हाल एक सय ११ सेयरसदस्य र २४ लाख २५ हजार सेयरपुँजी रहेको छ । सहकारीले आ.व. ०७९/८० मा निक्षेप सङ्कलन १४ लाख चार हजार एक सय ३६ र कर्जा लगानी २९ लाख आठ सय २६ रुपैयाँ गरेको थियो । सहकारीले सेयरपुँजी र सेयरसदस्य वृद्धि गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध शिक्षक सेयरसदस्य रहेको यस सहकारीको कार्यालय नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नुवाकोटको ढुङ्गेमा रहेको भवनमा रहेको छ ।