पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा खाद्यान्न हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:४१

विदुर, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको १८औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा नुवाकोटले ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखाका अध्यक्ष वासुदेव गजुरेलसहित पदाधिकारीको टोलीले स्थापना दिवसको अवसरमा प्रतिष्ठान पुगेर खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । प्रतिष्ठानका सहसचिव रामहरि गजुरेललाई उक्त सामग्री हस्तान्तरण गरेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखाका सचिव रामजी भट्टले जानकारी दिए । प्रतिष्ठानमा हाल ३० जना वृद्धवृद्धा रहेका छन् । सामाजिक उत्तरदायित्व वहन गरेर पुस्तक व्यवसायीले गरेको सहयोगले प्रतिष्ठान सञ्चालनमा सहयोग पुग्ने प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बताए ।