+
Search

ताजा अपडेट +

पपुलर +

वियोगी पत्रकारिता पुरस्कार उत्सुकलाई

वियोगी पत्रकारिता पुरस्कार उत्सुकलाई
त्रिशूली प्रवाह
२ साल अगाडी

काठमाडौं, सम्पादक समाज नेपालद्वारा हरेक वर्ष प्रदान गरिने गोविन्द वियोगी पत्रकारिता पुरस्कार र सम्पादक समाज सम्मानबाट चारजना पत्रकार पुरस्कृत र सम्मानित हुने भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सम्पादक समाज नेपालको गत पुस २७ गते शुक्रबार अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सम्पादक समाज नेपालले हरेक वर्ष प्रदान गर्ने ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८०’बाट योहो टेलिभिजनका समाचार प्रमुख जीवनराम भण्डारीलाई, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८०’बाट नुवाकोट जिल्लामा विगत २४ वर्षदेखि प्रकाशन हुँदै आइरहेको त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक/प्रकाशक शरण उत्सुक सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी, उक्त बैठकले सम्पादक समाज नेपालबाट हरेक वर्ष प्रदान गरिने सम्पादक समाज सम्मान २०८० वरिष्ठ पत्रकार एवम् राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र एफएम रेडियोको विकासमा योगदान पु¥याएबापत मन्टेश्वरी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरेको समाजका महासचिव श्याम डोटेलले जानकारी दिए । पुरस्कार र सम्मान माघ ६ गते शनिबार नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा समाजद्वारा निर्माण गरेको आफ्नै भवनमा गरिने बताइएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह