केउरेनी कृषि तथा पर्यटन सहकारीको साधारणसभा

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:०४

थुम्का, नुवाकोटमा तीन वर्ष अघिदेखि सञ्चालनमा रहेको केउरेनी कृषि तथा पर्यटन सहकारी संस्था लि. विदुर नगरपालिका–८ केउरेनीको दोस्रो वार्षिक साधारणसभा गत पुस २७ गते सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले गरेका थिए । सहकारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न साधारणसभामा विदुर नगरपालिका–८ का अध्यक्ष कमल श्रेष्ठ, जिल्ला सहकारी सङ्घका उपाध्यक्ष शिवप्रसाद अधिकारी, विदुर नगरपालिका–८ का वडासदस्य तथा केउरेनी कृषि तथा पर्यटन सहकारीका संस्थापक श्रीकृष्ण रिजाल, स्थानीय समाजसेवी उमङ्गमान शाक्यलगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोषाध्यक्ष नवराज रिजालले आर्थिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय क्षेत्रमा कृषि र पर्यटनको विकास गरी सेयर सदस्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यका साथ सहकारी क्रियाशील रहेको अध्यक्ष रामचन्द्र अधिकारीले बताए । सहकारीमा एक सय २० जना सेयर सदस्य र सेयरपुँजी १२ लाख रहेकोसमेत सो सभामा उनले जानकारी दिए । सहकारीले सेयर सदस्य र गाउँभित्र मात्र कारोबार गरिरहेको छ ।