+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरपालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

अन्तरपालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई
त्रिशूली प्रवाह
२ साल अगाडी

समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको पाँचौँ दुप्चेश्वर कप (अन्तरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता) को उपाधि दुप्चेश्वर गाउँपालिकाको टिमले जितेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गत पुस २५ गते सुरु भएर २८ गते सम्पन्न प्रतियोगितामा नुवाकोटका १२ पालिकामध्ये सात पालिकाले भाग लिएका थिए । दुप्चेश्वर मावि रामतीको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए । प्रतियोगितामा आयोजक दुप्चेश्वर गाउँपालिकाको टिम प्रथम भएको छ । प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एवम् बागमती प्रदेश सभाकी पूर्वउपसभामुख राधिका तामाङले प्रथम भएको दुप्चेश्वर गाउँपालिकाको टिमलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ, दोस्रो हुने टिम म्यागङ गाउँपालिकालाई ७५ हजार पाँच सय ५५ रुपैयाँ, तेस्रो हुने टिम पञ्चकन्या गाउँपालिकालाई ५० हजार पाँच सय ५५ रुपैयाँ र सान्त्वना हुने टिम तादी गाउँपालिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

Suzuki New Bike & Scooter

कार्यक्रमको उद्घाटन समारोहका विशेष अतिथि संविधानसभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र समापन कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी रहेको कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकीय अधिकृत दीपेश रिजाललगायतको उपस्थिति थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, बेस्ट सर्टर, कोच, ब्लकरलाई समेतलाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह