दुप्चेश्वरमा राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:१७

समुन्द्रटार, ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता गत हप्ता सम्पन्न भएको छ ।

कौकेश्वरी मावि राउतबेँसीमा हाइजम्प, लङजम्प, दौड, भलिबललगायत चार विधामा भएको प्रतियोगितामा घ्याङफेदी माविले चारवटा स्वर्ण र एक रजत पदक हात पारेको छ । साथै, छात्र भलिबल प्रतियोगितामा प्रथम स्थान वीरेन्द्र मावि, द्वितीय स्थान गोल्फुभञ्ज्याङ मावि र तृतीय स्थान हासिल गर्न सफल रुकमणि मावि सफल भएको छ । त्यस्तै, छात्रा भलिबल प्रथम स्थान रुकमणि मावि, द्वितीय स्थान कल्याण मावि तथा तृतीय स्थान कौकेश्वरी माविले प्राप्त गरेका छन् । सूर्य तामाङ स्वर्ण (हाइजम्प), नेमा सिन्की शेर्पा स्वर्ण (४०० मि. दौड), फूलमाया तामाङ स्वर्ण (४०० मि. दौड), नेमासाङ्वु तामाङ स्वर्ण (लङजम्प) र राजेन्द्र तामाङ रजत (लङजम्प) पदक प्राप्त गर्न सफल भएका छन् ।