तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:१९
Buddha Eyes

आर्थिक मन्दीले थिलथिलो भएका सत्ताधारी काङ्ग्रेसका कार्यकर्ता र नेता काङ्ग्रेसकोे भगिनी संस्था महिला सङ्घले शनिबार गुर्जेभञ्ज्याङ, सूर्यचौरमा गरेको भव्य पिकनिक, सांस्कृतिक मेलामा जाने आँट नै गरेनन् । निमन्त्रणा सँगसँगै अतिथिको रूपमा बोलाइएकालाई क्युआरआतङ्कले खुम्चिन बाध्य बनायो । सरकारी ढुकुटीमा हालिमुहाली गरिरहेका मन्त्री एवम् पार्टीका नेताको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा दुमौडीको कारण दर्शनभेट र नमस्ते गर्ने धोको धेरैको अपूरै ! काठमाडौंदेखि सुकिला–मुकिला र जनप्रतिनिधिको ताँती लाग्दा जिल्लामा काङ्ग्रेस हुँ भन्ने नेताहरू अतिथि र सहभागी हुन पाएनन् । फोन गर्दै पिकनिकको निम्तो महिला नेतृले गर्दै क्युआर पठाऊ भनेपछि अधिकांश व्यापारीबाहेक निम्नस्तरका पुरुष कार्जेकर्ता देख्न नपाउँदा तेस्रो आँखाले अमिलो महसुस गरेको छ ।