साथी सहकारीको अध्यक्षमा शैलेन्द्र

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:३१

बट्टार, ०६६ चैत ४ गते दर्ता भई ०६७ भदौ ६ गतेदेखि कारोबार सुरु गरेको साथी उपभोक्ता सहकारी संस्था लि. विदुर नगरपालिका–४ बट्टारको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समिति सर्वसम्मत चयन भएको निर्वाचनमण्डलका संयोजक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

संस्थापक अध्यक्ष दिनेश कायस्थको प्रमुख आतिथ्यता र अध्यक्ष राजनमान श्रेष्ठको सभापतित्वमा कार्यालय भवनमा सम्पन्न साधारणसभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समिति सर्वसम्मत चयन गरेको छ । साधारणसभाबाट अध्यक्षमा शैलेन्द्र बज्राचार्य, उपाध्यक्षमा जितेन्द्र राजभण्डारी, सचिवमा गोकुलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रेशमराज अमात्य र सदस्यमा नारायणलाल श्रेष्ठ, दिनेश कायस्थ, रोमनाथ आचार्य, युवराज अमात्य, महिला सदस्यमा अस्मिता श्रेष्ठ, उर्मिला श्रेष्ठ कसजू चयन भएका छन् । साधारणसभाले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुरजमान श्रेष्ठ, सदस्यमा सुरेन्द्रमान श्रेष्ठ, अभिषेक श्रेष्ठलाई र सल्लाहकारमा भीमराज बज्राचार्य, सुमनमान श्रेष्ठ, शिवलाल श्रेष्ठ, रूपकमान श्रेष्ठलाई चयन गरेको व्यवस्थापक विमेश मानन्धरले जानकारी दिए । गत आ.व. ०७९/८० को असार मसान्तसम्म पाँच सय ३५ जना पुरुष र तीन सय ६९ जना महिला गरी नौ सय चारजना सेयर सदस्य र सेयर पुँजी एक करोड ६ लाख ८१ हजार चार सय रुपैयाँ रहेको छ । गत आ.व.को असार मसान्तसम्म सहकारीको जगेडा कोष ३० लाख १२ हजार ९५ रुपैयाँ रहेको छ भने निक्षेप चार करोड ८५ लाख ५७ हजार नौ सय ७५ रुपैयाँ र निक्षेप लगानी पाँच करोड १७ लाख ७३ हजार दुई सय ३५ रुपैयाँ रहेको छ ।

साधारणसभामा सेयर सदस्यका छोरा–छोरीमध्ये गत ०७९ एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने सुदीप नेपाल, प्रेरणा श्रेष्ठ र प्रसिद्धि बस्नेतलाई नगदसहित सम्मान गरिएको थियो । गत आ.व.मा सहकारीमा उत्कृष्ट बचतकर्ता सौजन हुमागाईं र उत्कृष्ट कारोबार गर्ने भगवान थापालाई सम्मान गरिएको थियो ।