माटो परीक्षण प्रयोगशालाको उद्घाटन

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:३७

समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाको आ.व.०८०/८१ को नीति तथा कार्यक्रममा समावेश ‘अध्यक्षसँग किसान सबलीकरण कार्यक्रम’अनुसार पालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।

पालिकामा स्थापना भएको माटो परीक्षण प्रयोगशालाको सोमबार पालिकाका अध्यक्ष शंकरबहादुर थापाले उद्घाटन गरेका थिए । सो कार्यक्रममा उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकीय अधिकृत दीपेश रिजाल, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थितिमा कृषि विकास शाखामा बाली संरक्षण तथा माटो परीक्षण प्रयोगशालाको साथै निःशुल्क जिंक वितरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सातवटै वडावासी, कृषक तथा कृषक समूहलाई आ-आफ्नो जमिनको माटो परीक्षण गराई कुन बाली लगाउन उपयुक्त हुन्छ सोको बारेमा जानकारी प्राप्त गर्न आग्रह गरेको छ । सोमबारदेखि नियमित रूपमा निःशुल्क माटो परीक्षण भइरहेको छ । एक वडा एक बाली क्षेत्र चयन गर्न माटो परीक्षण आवश्यक पर्ने भएकाले गाउँवासीलाई अनिवार्य माटो परीक्षण गरेर सहयोग गर्न पालिकाले आग्रह गरेको छ ।