तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १४:१७
Buddha Eyes

नीतिको मूल नीति राजनीति ! राजनीति गलत बाटोमा हिँड्यो भने नेपालको अहिलेको स्थिति ! अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा नुवाकोटका दुई नेताले सङ्घ र प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने मौका पाएका छन् । अर्थतन्त्र सुधारमा भन्दा जिल्लाको राजनीतिमै केन्द्रित रहँदा मिसन ८४ को धङधङी ! अन्य जिल्लामा मन्त्री उपस्थितिमा खडेरी लागे पनि नुवाकोटमा भने गोरु जुधाउने कार्यक्रमदेखि सङ्घ–संस्थाको साधारणसभा र भोज–भतेरमा समेत उपस्थित हुन थालेपछि सुरक्षाकर्मी त वाक्क–दिक्क भए–भए, जनता पनि बेखुस । महत र तामाङ जिल्लामा झण्डा र डण्डासहित बरालिँदा विकास निर्माणको कामभन्दा भाषण बढी ! विशेष–विशेष कार्जेक्रममा उपस्थित हुनुपर्ने मन्त्री हप्तौँ जिल्लामै डुलिरहँदा देशको अर्थतन्त्र त उँभो लागेन–लागेन जिल्लाका कार्यकर्ता पनि बेइलमी ! हुनै नसक्ने भाषणबाजीमा रमाइरहेका मन्त्रीदेखि गठबन्धनका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले विकासभन्दा जनतालाई पत्याउनै गाह्रो, गफ चुट्दा विपक्षलाई भने हाइसन्चो !