दलित भूमिहीन र सुकुमवासीलाई लगत कार्ड निस्सा प्रमाणपत्र वितरण

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:४२
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको कालिका गाउँपालिकाका दलित भूमिहीन र सुकुमवासीलाई माघ २३ गते राष्ट्रिय भूमि आयोगले लगत कार्ड निस्सा प्रमाणपत्र वितरण गरेको छ । नौ परिवारले भूमि आयोगबाट लगत कार्ड निस्सा प्रमाणपत्र पाएका छन् ।

आयोग रसुवाका सदस्य भुवन मगरले पालिका र वडाले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासी पहिचान गरेर लगत कार्ड वितरण सुरु गरेको बताए । कालिका गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलन गरी भूमि आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई निस्सा प्रमाण वितरण गरिएको हो । निस्सा पाएकाले चाँडै जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने आयोगका सदस्य विनोद लामिछानेले बताए ।