+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारकर्मीसँग आयुर्वेद सेवा केन्द्रमा अन्तक्र्रिया

सञ्चारकर्मीसँग आयुर्वेद सेवा केन्द्रमा अन्तक्र्रिया
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, विगत वर्षमा भन्दा पछिल्लो केही वर्षदेखि आयुर्वेद सेवाको विकास र विस्तार भएसँगै स्थानीयवासीमा आयुर्वेदप्रतिको आकर्षण बढ्दो छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

आयुर्वेद सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले आयुर्वेद सेवा केन्द्र रसुवा धुन्चेले जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सक स्वास्थ्य सेवा दिई समुदायस्तरमा जनस्वास्थ्यमूलक कार्यक्रममार्फत स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरिरहेको जानकारी दिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र धुन्चेका वरिष्ठ कविराज निरीक्षक सातौँ तहका अशोक झाले माघ २० गते भएको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा केन्द्रमा अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, शिरोघारा, स्वेदन, नस्य, अभ्यंग, नेत्रक्रियाकल्प, पथ्य आहार, प्याथोलाजी ल्याब सेवा उपलब्ध रहेको बताए । नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधि निःशुल्क वितरणसमेत भइरहेको र उपचार सबै निःशुल्क रहेको उनले बताए । केन्द्रले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनका लागि र सुत्केरी भएको दिनदेखि ६ महिनासम्म स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि निःशुल्क रूपमा वितरणसमेत गरिरहेको छ । परामर्श सेवासमेत निःशुल्क दिइरहेकाको केन्द्रले वितरण गरेको दुग्धवद्र्धक औषधिले आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार ल्याउने बताइएको छ ।

Suzuki New Bike & Scooter

आर्थिक वर्ष ०८०/८१ को कार्यक्रमअन्तर्गत उचित आहार–विहार स्वास्थ जीवनको आधार, आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीयस्तरमा क्रियाशील सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेर केन्द्रको गतिविधि सार्वजनिक गरिएको थियो । १३ जनाको दरबन्दी रहे पनि हाल केन्द्रमा १० जनामध्ये डाक्टर कविराज र अन्य कर्मचारी मात्र रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह