+
Search

ताजा अपडेट +

पपुलर +

एसइई परीक्षा चैत १५ देखि

एसइई परीक्षा चैत १५ देखि
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, ०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गतेको निर्णयानुसार ०८० सालको नियमित गे्रडवृद्धि परीक्षा ०८० चैत १५ बाट सुरु भएर २७ गते सम्पन्न हुनेछ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

पहिलो दिन चैत १५ गते बिहीबार अनिवार्य अङ्ग्रेजी, चैत १६ गते अनिवार्य नेपाली, चैत १८ गते अनिवार्य गणित, चैत २० गते अनिवार्य विज्ञान, चैत २१ गते अनिवार्य सामाजिक, चैत २२ गते ऐच्छिक प्रथम पत्रका सबै विषय, चैत २३ गते ऐच्छिक द्वितीय पत्रका सबै विषय रहेका छन् । त्यसैगरी, चैत २४ गते प्राविधिक धारतर्फका विषय, चैत २५ गते प्राविधिक धारतर्फका विषय, चैत २६ र २७ गते ग्रेडवृद्धिको अनिवार्य विषय रहेका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह