+
Search

ताजा अपडेट +

पपुलर +

जडीबुटी मसलाको प्रयोगसम्बन्धी अन्तक्रिया

जडीबुटी मसलाको प्रयोगसम्बन्धी अन्तक्रिया
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवाको कालिका गाउँपालिका-४ भदौरेमा रहेको भोर्ले आयुर्वेद औषधालयमा पालिकाभित्रका आमा समूहका आमा दिदीबहिनीसँग भान्साघर औषधालय कार्यक्रमबारे माघ २७ गते विभिन्न जडीबुटी मसला औषधिको प्रयोगविधिबारे अन्तक्रिया सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धुन्चे रसुवाको आयोजनामा भएको उक्त कार्यक्रममा ८० जातका भान्सामा प्रयोग गरिने खानेकुराबारे छलफल तथा महत्वबारे थप जानकारी गराइएको थियो । ४० जनाभन्दा बढीको सहभागिता रहेको आयुर्वेदिक खानेकुराबारे वरिष्ठ कविराज निरीक्षक अशोककुमार झाले जानकारी गराएका थिए । कार्यक्रममा कालिका गाउँपालिका–४ का अध्यक्ष खेसमबहादुर तामाङ, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धुन्चेका आयुर्वेद चिकित्सक डा. सलिना भित्रकोटी, फार्मेसी सहायक रोशन कुसवाह, नागरिक आरोग्य सेवा केन्द्र नौकुण्डका वैध रामहरि पौडेल, वडा नम्बर-४ का आमा समूहकी अध्यक्ष उषामाया न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा आयुर्वेदिक औषधि हामी भान्सामा प्रयोग गर्ने खानाबाट नै हुने र यस कार्यक्रमबाट धेरै कुरा थाहा पाएको सहभागी सीतादेवी न्यौपानेले बताइन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह