+
Search

ताजा अपडेट +

पपुलर +

होमस्टे अभिमुखीकरण कार्यक्रम सम्पन्न

होमस्टे अभिमुखीकरण कार्यक्रम सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा होमस्टे (घरवास) व्यवस्थापनसम्बन्धी तीनदिने अभिमुखीकरण तथा आतिथ्यता सत्कार तालिम शनिबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

आमाछोदिङ्मो गाउँपालिकाको आयोजना र एक्स्प्लोर इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्टको सहकार्यमा गत माघ २४ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा दुई दर्जनभन्दा बढी होमस्टे तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । प्राकृतिक सुन्दरता, कृषि र जलविद्युत् पर्यटनको प्रचुर सम्भावना रहेको आमाछोदिङ्मो गाउँपालिकामा होमस्टे अभिमुखीकरण तथा आतिथ्यता सत्कार तालिमले पर्यटन विकासमा सहयोग पुग्ने पालिका प्रमुख बुचुङ तामाङले बताए । पालिकाभित्रका विभिन्न वडाका स्थानीयवासीको सहभागिता रहेको तालिमले आफूले सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिँदै सहयोग गर्ने उनले बताए । तालिममा सहभागी हँुदै गर्दा वडा नम्बर–२ का अध्यक्ष ल्हाक्पाकामी तामाङ, वडा नम्बर–३ का अध्यक्ष सुरेन्द्र तामाङ, वडा नम्बर–४ का अध्यक्ष धर्म तामाङ, वडा नम्बर–५ का अध्यक्ष दावा गोम्बो तामाङले आफ्नो धारणा राखेका थिए । डाक्टर अलखबाबु प्रसाईंद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिएको उक्त कार्यक्रममा भान्छे उपनामले चिनिने लक्ष्मणप्रसाद भण्डारीले स्थानीय खाद्य उत्पादनलाई बढावा दिई खानाको विभिन्न परिकार बनाउन सकिने सीपबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिएका थिए । तालिममा एक्स्प्लोर इन्स्टिच्युट अप होटेल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह