तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार ११:४२
Buddha Eyes

सस्तो लोकप्रियताका लागि हाम्रा नेताको बोली र व्यवहारले कूटनीति स्वाहा ! पदीय मर्यादा र जिम्मेवारी सरकारमा पुगेपछि भुल्दा लोकतन्त्र खतरामा ! गत शुक्रबार प्रधानमन्त्रीले नुवाकोट महोत्सव उद्घाटन गर्दा नुवाकोट दरबार यसपटकको नीति तथा कार्यक्रममा राख्नेभन्दा चीन सरकारले बनाउन टेको लगाएको देख्नेहरू भ्रममा ! चीनले सरकारसँग दरबारलगायतको आठ सम्पदा बनाउने सम्झौता गरे पनि निर्माण सुरु नगरेको भन्नुपर्नेमा भावनामा बहकिँदा चिप्लिए । महोत्सवमा प्रधानमन्त्रीलाई हामीले ल्याएको भनेर हजारौँ मान्छे उतार्ने नुवाकोटे कमरेडलाई खिस्स बनाउँदै काङ्ग्रेस नेता अर्जुनजीको अनुरोधमा आएको भन्दा नेता–कार्यकर्ताको चुरीफुरी लुत्रुकै ! अर्थमन्त्रीकै जिल्लामा अर्थमन्त्री देख्दा अध्यक्ष प्रचण्ड झसङ्गै !