माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा खतिवडा

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार १२:०३

विदुर, नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा नुवाकोटबाट एकजना सदस्य थपिएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदुर नगरपालिका–७ तुप्चे नुवाकोटका हिरानाथ खतिवडालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । खतिवडासहित माओवादीको केन्द्रीय कार्यसमितिमा नुवाकोटबाट पाँचजना नेताले प्रतिनिधित्व गर्नेछन् । केन्द्रीय समितिमा हितबहादुर तामाङ, विमला सुवेदी, राधिका तामाङ, श्रीकृष्ण अधिकारी यसअघि नै रहेका थिए । वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत खतिवडा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष र नुवाकोटको क्षेत्र नं. २ प्रदेश सभा २ बाट ०७४ मा निर्वाचित भइसकेका छन् ।