+
Search

ताजा अपडेट +

पपुलर +

१ सय ३ जनाले गरे रक्तदान

१ सय ३ जनाले गरे रक्तदान
त्रिशूली प्रवाह
२ साल अगाडी

कालिकास्थान, प्रजातन्त्र दिवसको अवसरका नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा कालिका हिमालय क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल स्वयम्सेवी रक्तदाता रसुवाका सचिव हेमनाथ खतिवडा, उपाध्यक्ष रामशरण गजुरेललगायत स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधी सहभागी रही उहाँहरूले समेत रक्तदान गर्नुभयो । प्रमुख अतिथि कालिका गाउँपालिका हरिकृष्ण देवकोटा र विशेष अतिथि नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले ब्लड ब्याग हस्तान्तरण गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवाका कर्मचारीको समेत सहभागिता रहेको थियो । सहभागीले रक्तदान कार्यक्रम अनुकरणीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह