तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:०८
Buddha Eyes

नेपाली काँग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन गलाको पासो हुँदा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रमा संघीयता घाँडो ! संघीयताको एउटा खम्बा वागमती सरकारले कार्जेलयको उद्देश्य एउटै नामाकरण भने वर्षेनी परिवर्तन गर्दा सेवाग्राहीलाई त समस्या पर्योपर्यो, ब्यवस्था उल्टाउनेलाई मलजल । संघीयता खारेजको लागि बहश र सडक तात्न थालेपछि प्रदेश सरकार भने राजाकै पालाको कार्यालयको न्वारन गर्दै ! गणतन्त्र आएपछि राजाको पालामा राखेको नाम मेटाउँदै सत्तासिन भएकाले नयाँ नाम राख्न प्रतिस्पर्धामा कृति राख्दा जिल्लाका तीनवटा कार्यालयको नाम ठामको ठाम कृषि विकास र पशु सेवा कार्यालयमा रूपान्तरण हुँदा सेवाग्राही अलमल्ल !